सामान्यतयाः कुनै पनि फोल्डर बनाउँदा कम्प्युटरको प्रोग्रामले एउटा परम्परागत पहेँलो फोल्डर 📁 बनाएर दिन्छ । फोल्डर हेरेर यसभित्र के राखिएको छ भनेर पत्ता लगाउन सकिँदैन । फोल्डरको आइकोनमा आफुलाइ मनपर्ने र बिषयबस्तुसँग सुहाउँदो चित्र लगाउन पाए कस्तो राम्रो हुन्थ्यो हैन ?
आजको यो लेखमा हामी कुनै पनि फोल्डरको आइकोन परिवर्तन गर्न सिक्दैछौं ।
१. ICO फर्म्याटको फोटोको व्यवस्थापन गर्ने
फोल्डरको आइकोन परिवर्तन गर्न तपाइँलाइ एउटा .ico फर्म्याटको फोटो चाहिन्छ । यस्तो फोटो तपाइँले आवश्यकता अनुसार निम्न तीन विधिमध्ये कुनै पनि विधिद्वारा प्राप्त गर्न सक्नुहुन्छ ।
क) कम्प्युटरले उपलव्ध गराएका आइकोन प्रयोग गर्ने,
ख) चाहिए जस्तो आइकोन website बाट download गर्ने,
ग) आफुसँग भएको फोटोलाइ अनलाइन आइकोनमा परिवर्तन गर्ने ।
यसमध्ये पहिलो विधिको लागि कुनै पूर्वतयारी गर्नुपर्दैन । दोश्रो वा तेश्रो विधि प्रयोग गर्ने हो भने निम्नअनुसार पूर्वतयारी गर्नुहोस् ।
ख) आइकोन डाउनलोड गर्न निम्न अनुसार गर्नुहोस्ः
अ. ब्राउजर खोलेर iconarchive.com टाइप गर्नुहोस् र सर्च गर्नुहोस् ।
ग) आफुसँग भएको फोटोलाइ अनलाइन आइकोनमा परिवर्तन गर्न निम्न अनुसार गर्नुहोस् ः
अ. ब्राउजर खोल्नुहोस् र JPG to ICO टाइप गरेर सर्च गर्नुहोस् । (यदि तपाइसँग भएको फोटो PNG फर्म्याटमा छ भने PNG to ICO टाइप गरेर सर्च गर्नुहोस् ।)